Posted by : Unknown Wednesday, April 25, 2012

 गजल-एक
ओइलिएर डालीको फूल झरेको देखेँ
सपनीमा आज आँफै मरेको देखेँ
 
खनजोत गरी केलाएर राखेको वारीमा
मेरो वारी अर्कैले विउ छरेको देखेँ
 
मेरो मुटु तिम्रा लागि घरबास हो भन्दा भन्दै
निष्ठुरीले अन्तै बसाइ सरेको देखेँ
 
डोली सजाई फूलमालाले जन्ती सँगै घर पुग्दा
अर्कै आई उनको सिउँदो भरेको देखेँ
 
जोगाउनलाई लक्ष्मण रेखा बनाइ घेरी राखेपनी
रावणले सितालाई हरेको देखेँ 
 
गजल-दुई
 तिमी विना बाँच्नु कुनै सार छैन जीन्दगीको
तिमी पराइ भए मेरो आधार छैन जिन्दगीको

गरे कोसिस तिमी विना बाँच्छु एक्लै भनेर नि
छाडी तिम्लाई अब कुनै पार छैन जीन्दगीको

तिमी बाटै सुरु भए तिमी सँगै अन्त्य हुन्छु
यो संसारमा मेरो कुनै आकार छैन जीन्दगीको

बाँच्ने त के एकपल पनि सोच्न सक्दिन म
लक्ष्य मेरा कुनैपनि साकार छैन जीन्दगीको

गल्ती गरेँ माफी माग्दै तिम्रै शरण परेको छु
तिमी बाहेक अर्को कुनै प्रकार छैन जीन्दगीको 
 
गजल-तिन
दुई खम्बा विच बन्चराको चोट देख्दा तर्से
अध्यारो्मा झाँगिएका बोट देख्दा तर्से

प्यासी थियो मन मेरो झनै बेहोस पारी दियौ
विष पिलाउने लालुपाते ओठ देख्दा तर्से

पानी पानी भइ नै छाड्यो देह आखिर ‘निशान’को
बल लगाउँदै छिर्नुपर्ने गोठ देख्दा तर्से 

{ 1 comments... read them below or add one }

  1. वा क्यावात् । तेस्रो गजलले मन छोयो....

    ReplyDelete

Please Leave your Comment !

Welcome to My Blog

Subscribe This Blog

Contact Information

Being Viewed !

10 Mind Blowing HTML5 Experiments
.....यस्तो पो रै'छ विदेश !
सफ्टवेयर विना नै मोवाइलका फोल्डरहरु लुकाउनुस्
एउटा यस्तो सफ्टवयेर जसले सबै फाइलहरु खोल्न सक्छ

Download

- Copyright © 2025 Bishnuko Blog -Bishnu Subedi- Powered by Blogger - Designed by PokharaTech.com -