Posted by : Unknown Sunday, June 17, 2012


 कविता

न सोचेको जस्तो हुन्छ
न खोजेको जस्तो नै
त्यसैले त आफ्नै चाहानास्वरुप
स्वतन्त्र उड्न पाइदैन,
आमा, यस्तो पो रैछ विदेश !

यहाँ वन्धन छ,
धेरै पर्खालहरु छन्
न कदर छ, न सम्मान छ
छ त केवल 'गिरगिर' छ
आमा, यस्तो पो रैछ विदेश !

उनको सम्झना छ
देशको माया छ
टाढा हुनुको पिडा छ
र सपना पुरा गर्ने सपना छ
आमा, यस्तो पो रैछ विदेश !

न रुदा नरो भन्ने छन्
न हाँस्दा संगै हास्ने छन्
सबै आफ्नै धुनमा मस्त
आमा, यस्तो पो रैछ विदेश !

न ताजा खानु छ
न चिसो हावा नै छ
तिम्रो हातले बनाएको
न त आटो पिठो नै पाइन्छ
आमा, यस्तो पो रैछ विदेश !

{ 2 comments... read them below or Comment }

Please Leave your Comment !

Welcome to My Blog

Subscribe This Blog

Contact Information

Being Viewed !

Download

- Copyright © Bishnuko Blog -Bishnu Subedi- Powered by Blogger - Designed by PokharaTech.com -