Posted by : Unknown Sunday, September 30, 2012




एकपटक माथिका तस्विरहरु ध्यानपुर्वक हेर्नुस् त । के बुझ्नुभयो? के यो सही थियो?
यि तस्विरहरु अनलाइनखबर डट कमबाट साभार गरिएका हुन् । 'पोखरामा यस्तो पनि डान्सपार्टी?' शिर्षकमा राखिएका यि तस्विरहरुलाई हामी कुन हिसावमा बुझ्ने? जुन तस्विरमा केटी( जो स्विमसुटमा छन्/वा यसलाई विकिनि भनिन्छ मलाई ज्ञान भएन) मात्र देखिएका छन् तिनमा कुनै सेन्सर(अनुहार धमिलो बनाउने काम) गरिएको छैन तर तिनै महिलाका तस्विरहरु जुन केटासंग खिचिएको छ तिनमा केटाको तस्विरमा अनुहारलाई धमिलो गरि नबुझिने बनाइएको छ । यो त सरासर ति महिला मित्रहरुलाई बदनाम बनाउने रणनीति जस्तो देखिएन र ? संगै पार्टी गर्न हुने, नाचगान, रंगरस सबै खुलम्खुल्ला गर्नहुने तर फोटो प्रकाशनमा केटाको अनुहारलाई धमिलो पारिनुले अनलाइनखबर डट कम र पत्रकार दुबैको नियतमाथि प्रश्नचिन्ह खडा गरेको छ । यो कुरामा मेरो चित्त बुझाई रहेन । तपाइलाई के लाग्छ? के अनलाईनखबर ठिक गर्दैछ ?
->कस्ता कस्ता छन् त तस्विर हेर्न चाहानुहुन्छ भने यहाँ जानुहोस् ।
तस्विर स्रोत: अनलाइनखबर डट कम

Welcome to My Blog

Subscribe This Blog

Contact Information

Being Viewed !

Download

- Copyright © Bishnuko Blog -Bishnu Subedi- Powered by Blogger - Designed by PokharaTech.com -