Posted by : Unknown Sunday, May 13, 2012

तपाइलाई फेसबुकको टाइमलाइन कस्तो लाग्दैछ ? कि प्रयोग गर्नुभाको छैन? यदि प्रयोग गर्दै हुनुहुन्छ भने मलाई विश्वास छ तपाइलाई फेसबुकको टाइमलाइन सुविधा निकै मन परेको छ । सर्वप्रथम आफ्नो सुविधाको वारेमा जानकारी दिन फेसबुकले बनाएको यो भिडियो हेर्नुस् ।

भिडियोमा Andy Sparks को टाइमलाईन भिडियो देखाइएको छ,जो फेसबुकका कर्मचारी हुन ।  तपाई पनि छोटो समयमा यस्तै भिडियो बनाउन चाहानुहुन्छ भने यो पोष्ट तपाइको लागि फलदायी हुनेछ ।

यहाँ म फेसबुकको यस्तो एप्लिकेसनको चर्चा गर्दैछु जसले कम मेहेनत र छोटो समयमा तपाइको फेसबुक प्रोफाइलको टाइमलाइन भिडियो तयार गर्न सक्छ । जसले तपाइका तस्विरहरु, तपाइका क्रियाकलापहरु तथा सम्वन्ध स्थितीका साथै स्पेसल दिनहरु जस्तै तपाइको जन्मदिन, विवाहोत्सव आदि (जुन तपाइले आफ्नो टाइमलाईनमा उल्लेख गर्नुभएको छ) सहितको प्रोफेसनल भिडियो तयार गर्न सक्छ त्यो पनि केही मिनेटमा नै । 

कसरी प्रयोग गर्ने त ?

१.सर्वप्रथम टाइमलाइन मुभी मेकरको वेवसाइटमा जानुहोस् । त्यसपछि Make Your Movie मा क्लिक गर्नुहोस् । एउटा पपअप देखापर्नेछ जसमा फेसबुकमा लगअन गर्न र तपाइको व्यक्तिगत जानकारी प्रयोग गर्नका लागि अनुमति दिनुहोस् ।
२.अव भिडियो तयार हुन सुरु हुनेछ । केही समयपछि तपाइको भिडियो  Quick Play को लागि तयार हुनेछ ।

३.यति भैसकेपछि तपाइको फाइनल भिडियोको लागि कस्तो प्रयोग गर्ने र फोटोहरुको क्रम कसरी मिलाउने     
   भन्नेकुरा निश्चित गर्नुहोस् ।
४.तपाइको फेसबुक टाइमलाइन भिडियो तयार भयो अव साथिहरुमाझ Share गर्नुहोस् ।

(¯`'·.¸(♥)¸.·'´¯)  View My Timeline Here (¯`'·.¸(♥)¸.·'´¯)


Leave a Reply

Please Leave your Comment !

Subscribe to Posts | Subscribe to Comments

Welcome to My Blog

Subscribe This Blog

Contact Information

Being Viewed !

Download

- Copyright © Bishnuko Blog -Bishnu Subedi- Powered by Blogger - Designed by PokharaTech.com -