Posted by : Unknown Monday, May 28, 2012

हामी दैनिकजसो अनलाइनमा धेरै कामहरु गरिरहेका हुन्छौ । हाम्रो कामलाई सजिलो बनाउनका लागि विभिन्न अनलाइन टुलहरुको प्रयोग पनि गर्ने गर्दछौ । यो पोष्टमा म यस्तै केही वेवसाइटहरुको वारेमा चर्चा गदैछु, जसले तपाइको वेवसफर सजिलो वनाउन सहयोग गर्नेछन् ।


laterbro.com 
के तपाई निदाइरहेको वेलामा पनि आफ्नो फेसबुक वा ट्वीटर अपडेट होस् भन्ने चाहानुहुन्छ? यदी त्यसो हो भने यो वेवसाइट तपाइका लागि उपयोगी हुन सक्छ । स्टाटस अपडेट गर्ने टाइम तोकेर स्टाटस लेखेर छाडिदिनुस् तपाइ मस्त निन्द्रामा भएको वेलापनि तपाइको फेसबुक वा ट्वीटर अपडेट हुनेछ ।
 यो Special Character हरुको संग्रह वेवसाइट हो । तपाइ फेसबुक, ट्विटर जस्ता सामाजिक संजालहरु वा व्लगमा लेख्नेक्रममा यस्ता Special Character हरु प्रयोग गर्न चाहानुहुन्छ भने यो वेवसाइट तपाइको लागि उपयोगी हुनसक्छ । Chracter हरुमा Click गरेपछि कपि हुनेछन् जसलाइ तपाई आफुलाई आवश्यक आवश्यक परेको ठाउँमा पेष्ट गर्न सक्नुहुन्छ ।
तपाइले कुनै वेवसाइटमा राम्रो आटिलफेला पार्नुभयो तर तपाइसंग पढ्ने समय छैन? त्यो लेखलाई पछि पढ्नका लागि आफ्नो कम्प्युटरमा कतै सेभ गरेर राख्न चाहानुहुन्छ? उसोभए यो वेवसाइट तपाइलाई निकै उपयोगी हुनेछ । तपाइले दिएको लेख भएको पेजको लिंकको आधारमा यो वेवसाइटले सो पेजलाई पिडिएफ फम्र्याटमा कन्भर्ट गरिदिन सक्छ । कन्भर्ट भैसकेपछि तपाइ त्यसलाई डाउनलोड गर्न वा सामाजिक सञ्जालहरुमा वाढ्न पनि सक्नुहुन्छ । 
यो यस्तो अनलाइन टुल हो जसको माध्यमवाट तपाई अनलाइन फाइल तथा डाटाहरु ट्रान्सफर गर्न सक्नुहुन्छ ।यसवाट तपाई एकैपटकमा २ जिवी सम्मका डाटाहरु इमेलमा पठाउन सक्नुहुन्छ । अनलाइन फाइल ट्रान्सफरको लागि यो एउटा छिटो र छरितो सुविधा हो । आफेनो इमेल ठेगाना र ट्रान्सफस गर्ने इमेल ठेगानाको दिनुहोस केही म्यासेज भए लेखेर पठाउन सक्नुहुन्छ । 
यदी तपाइलाई कुनैपनि वेवसाइटको पुरा स्क्रिनसट चाहिएको छ भने यो वेवसाइट निकै उपयोगी छ । तपाइलाई स्क्रिनसट चाहिएको वेवसाइटको ठेगाना दिएपछि यसले सो वेवसाइटको पुरा स्किृनसट तयार गर्न सक्छ ।

आजको पोष्टमा यतिनै । म यस्ता धेरै अन्य अनलाइन टुलहरुको वारेमा अन्य पोष्टमा लेख्दै जानेछु । पोष्ट पढ्नुभएकोमा धेरै धेरै धन्यवाद ।

Leave a Reply

Please Leave your Comment !

Subscribe to Posts | Subscribe to Comments

Welcome to My Blog

Subscribe This Blog

Contact Information

Being Viewed !

Download

- Copyright © Bishnuko Blog -Bishnu Subedi- Powered by Blogger - Designed by PokharaTech.com -