Posted by : Unknown Sunday, November 25, 2012

 आजकल,
स्टाटस् रोपेपछि,
'कमेन्ट' र 'लाइक' फल्छ,
त्यसैमाथि 'सेयर' वोनसमा मिल्छ,
न कुटोकोदालो बोक्नुपर्ने,
न गोडमेल नै गर्नुपर्ने,
वाss ! फेसबुकखेति

निकै सप्रिदो छ,
वच्चा देखी वृद्ध सम्म,
हाकिमदेखी पिउनसम्म
भान्सामा होस् या अफिसमा
सबै यै 'खेति' गरिरहेछन् ।
वाss ! फेसबुकखेति

हामी दुख गरेर स्टाटस् रोप्छौ,
वा चोरेरै भएनि फोटो रोप्छौँ,
चौविसै घण्टा यै खेतिमा तल्लिन छौ
यसो गरे हुन्छ कि उसो गरे हुन्छ
कसो गरे खेति सप्रन्छ भनेर,
वाss ! फेसबुकखेति

'लाइक' बेचेर 'घडेरी',
'कमेन्ट' वेचर 'घर' बनाउन पाए,
के को 'डर' हुन्थ्यो र,
किन रुनु पर्थ्यो र
सप्पै धनिमानी भइन्थ्यो
वाss ! फेसबुकखेति

हामी खेति गरिरहेछौ,
पसिना बगाइरहेछौ,
अमेरिकामा बसेर मार्क दाजै,
डलर गनिरहेछन्,
वाss ! फेसबुकखेति
______________________
सम्पूर्ण 'किसान'हरुप्रति समर्पित ।

{ 2 comments... read them below or Comment }

  1. [url=http://directlenderloansonlinedirectly.com/#rismo]payday loans online[/url] - direct lender payday loans , http://directlenderloansonlinedirectly.com/#gkztz payday loans online

    ReplyDelete
  2. [url=http://fastcashloansonlinedirectly.com/#qaoya]advance payday loans[/url] - payday loans , http://fastcashloansonlinedirectly.com/#xxnhe advance payday loans

    ReplyDelete

Please Leave your Comment !

Welcome to My Blog

Subscribe This Blog

Contact Information

Being Viewed !

Download

- Copyright © Bishnuko Blog -Bishnu Subedi- Powered by Blogger - Designed by PokharaTech.com -