Posted by : Unknown
Wednesday, December 5, 2012
म एकछाक खान,
दिनभर दुख गर्छु,
उ 'दाम' कमाउन रातभर सुत्दैन
उसमा बेचैनी छ,
तनाव छ,
अरुले उछिन्देला भन्ने,
मलाई आनन्द छ,
दिनभर दुख गर्छु,
उ 'दाम' कमाउन रातभर सुत्दैन
उसमा बेचैनी छ,
तनाव छ,
अरुले उछिन्देला भन्ने,
मलाई आनन्द छ,
रामेले उछिनोस्,
या श्यामेले जितोस् !उ नामी भो,
धन कमायो, दामी भो
संसार हल्लायो,
मलाई गाँउमा साहुले हल्लाउँछन्,
तैपनी म खुसी नै छु,
मसंग मिठो निन्द्रा छ
दुखले कमाएको दुई छाक छ
एकदिन उ मर्छ
म पनि मर्छु
तर मेरो मनमा एउटा प्रश्न छ
मैले ओढ्ने कात्रोमा 'खल्ती' हुँदैन
के उसले कमाएको धन दौलत,
ऐस-आराम राख्ने
उसको कात्रोमा खल्ती हुन्छ र?
Superb words, like it bishnu jee....
ReplyDeleteThank you Padam sir !
ReplyDeleteWell, he Contributed a lot to this world , helped make education better than before , and saved a lots of lives by working on lots of Vaccine for poor people . So, he will be taking a lot of respect while he dies and wont even need a pocket for that. ho ki hoina ??
ReplyDeleteSuperb Words you wrote bishnu jee, i like it , keep writing..
ReplyDelete