Posted by : Unknown Wednesday, April 25, 2012



तपाइ आफ्नो मोवाइलमा भएका फोल्डरहरु कसैले नदेख्ने गरी राख्न चाहानुहुन्छ ? राख्न चाहानुभयो भने तपाइ के गर्नुहुन्छ ? फोल्डरहरु लुकाउने कुनै सफ्टवेयरहरु खोज्नुहुन्छ हैन ? अब तपाइले ति सफ्टवेयरहरु खोजीरहनुपर्ने र डाउनलोड गर्नुपर्ने आवश्यकता पर्नेछैन किनकी यहाँ म तपाइलाई कुनैपनी सफ्टवेयरको प्रयोगविना नै मोवाइलमा भएका फोल्डरहरु लुकाउन मिल्ने तरिकाको वारेमा जानकारी दिदैछु । यो तरिका विषेशगरी नोकिया का मोवाइल सेटहरु जसमा जाभा एप्लिकेशन सर्पोट हुन्छ तिनीहरुका लागि हो तर अन्य मोवाइलहरु जसमा जाभा एप्लिकेशनहरु सपोर्ट हुन्छ तिनीहरुमा पनि यो तरिकाले राम्रो काम गर्दछ । अव लागौ कसरी लुकाउने त सफ्टवयेर विना नै मोवाइलका फोल्डरहरु भन्नेतर्फ:

>>सर्वप्रथम तपाइलाई जुन फोल्डर लुकाउनुपर्ने हो त्यो फोल्डरलाई Rename गर्नुहोस्,Rename गर्दा Extention Name .jad दिन  नविर्षनुहोला । जस्तै Images.jad, अव अर्को त्यही नामको फोल्डर बनाउनुहोस् जसको Extention Name .jar राख्नुहोला । जस्तै Image.jar, अव हेर्नुस् त तपाइले पहिला बनाएको फोल्डर लुकिसकेको छ ।

>>तपाइले फोल्डर लुकाउन त जान्नुभयो अव फेरी देखाउनुपर्यो भने के गर्ने ? यहीवारेमा सोच्दै हुनुहुन्छ होला हैन ? पिर नगर्नुस् लुकेको फोल्डर देखाउने तरिका पनि सजिलो छ । तपाइले .jar नाम राखेर बनाएको फोल्डरलाई delete गर्दिनुस् या फोल्डरको .jar लाई हटाइदिनुस् तपाईको लुकेको फोल्डर फेरी देखिन्छ ।

Leave a Reply

Please Leave your Comment !

Subscribe to Posts | Subscribe to Comments

Welcome to My Blog

Subscribe This Blog

Contact Information

Being Viewed !

Download

- Copyright © Bishnuko Blog -Bishnu Subedi- Powered by Blogger - Designed by PokharaTech.com -